समाज


आज काठमाडौँको न्यूनतम तापक्रम ५.४ डिग्री

आज काठमाडौँको न्यूनतम तापक्रम ५.४ डिग्री

नेपालखबर
पुस २, २०८२ बुधबार १४:२, काठमाडौँ

आज (बुधबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस कायम भएको छ।

यसअघि आजै बिहान ५:४५ बजे भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस देखिएको थियो। यद्यपि त्यो सुरुवाती मापन थियो। 

पछि बिहान ८:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सबैभन्दा तल पुगेको तापक्रम नै त्यस दिनको न्यूनतम तापक्रम हुने मौसमविद् बताउँछन्। 

हिजो मंगलबार भने उपत्यकाको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस थियो। 

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।  

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

यस्तो छ आज काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम तापक्रम:

आजको अधिकतम तापक्रम साँझ ५:४५ बजे मात्र आउने भएकाले माथिको सूचीमा न्यूनतम तापक्रम मात्र आज (बुधबार) का हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad