कारोबार


इस्लिङ्टन कलेजको दीक्षान्त समारोहमा दुई विद्यार्थीलाई १.५ करोड बढीको अन्तर्राष्ट्रिय छात्रवृत्ति

इस्लिङ्टन कलेजको दीक्षान्त समारोहमा दुई विद्यार्थीलाई १.५ करोड बढीको अन्तर्राष्ट्रिय छात्रवृत्ति

नेपालखबर
पुस २, २०८२ बुधबार १४:४, काठमाडौँ

इस्लिङ्टन कलेजले आफ्ना स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गर्दै ललितपुरस्थित द प्लाजामा दुईदिने भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ।

दीक्षान्त समारोह विद्यार्थीहरूको दीर्घ शैक्षिक यात्रापछि व्यावसायिक जीवनतर्फको औपचारिक प्रवेशको प्रतीकका रूपमा लिइन्छ, जहाँ उनीहरूले हासिल गरेको ज्ञान, सीप र अनुशासनले भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

समारोहमा स्नातक तह अन्तर्गत बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन, बीए (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) एड्भर्टाइजिङ एण्ड मार्केटिङ तथा बीए (अनर्स) इभेन्ट्स एण्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रमका विद्यार्थीहरू सहभागी थिए। स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी, एमबीए तथा एप्लाइड सेक्युरिटी कार्यक्रमका विद्यार्थीहरू दीक्षित भएका थिए।

वार्षिक दीक्षान्त समारोहमार्फत इस्लिङ्टन कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्ने आफ्नो परम्परालाई निरन्तरता दिएको छ। यसै अवसरमा प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति तथा इन्टरनेशनल स्टुडेन्ट हाउस र लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरिएको छ।

यस वर्षको प्रतिष्ठित इन्टरनेशनल स्टुडेन्ट हाउस तथा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको छ। करिब १.५ करोड रुपैयाँभन्दा बढी बराबरको यस छात्रवृत्तिले ट्युशन शुल्क, आवास खर्च तथा दुईतर्फी हवाई भाडासमेत समेट्ने गर्दछ।

त्यस्तै, इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति अम्स घिमिरे र आयेशा नकर्मीलाई प्रदान गरिएको छ। यी विद्यार्थीहरूले इनोभेट नेपाल ग्रुप अन्तर्गतका कलेजहरूमा स्नातकोत्तर अध्ययन निरन्तरता दिनेछन् भने समूह अन्तर्गतकै संस्थामा कार्य गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।

समारोहमा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूमा एमबीए कार्यक्रमबाट आशुतोष राजभण्डारी, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ तथा आईटी सेक्युरिटीमा अम्स घिमिरे, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजीमा साहस शाक्य, बीएससी (अनर्स) कम्प्युटिङमा क्षितिज श्रेष्ठ, आईटी विषयको अन्तिम वर्ष परियोजनामा टपर प्रशिदिका तिवारी, बीएससी (अनर्स) कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्समा टपर प्रशिदिका तिवारी, बीएससी (अनर्स) कम्प्युटिङ विथ मोबाइल एप्लिकेशन डेभलपमेन्टमा टपर प्रयत्न राजकर्णिकार, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशनमा टपर अनुश नेपाल, तथा बीए (अनर्स) अकाउन्टिङ एण्ड फाइनान्समा टपर प्रतीक्षा गुरुङ रहेका छन्।

इस्लिङ्टन कलेजले २५  वर्षभन्दा बढी समयदेखि सूचना प्रविधि, व्यवसाय प्रशासन तथा सम्बन्धित क्षेत्रमा स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्य, उच्चस्तरीय शैक्षिक अभ्यास तथा विश्वव्यापी प्रतिस्पर्धामा सफल हुने दक्ष जनशक्ति उत्पादनप्रति कलेज निरन्तर प्रतिबद्ध रहँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad