समाज


गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८३ शनिबार ५:५६, गण्डकी

गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। 

शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। 

सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेको प्रस्ताव प्रदेशसभाले सर्वसम्मतिले पारित गरेको हो। 

प्रदेश प्रमुख डिल्लीराज भट्टले गत मङ्गलबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा तीन दिनसम्म छलफल भएको थियो।

शुक्रबार भएको छलफलमा नेकपा (एमाले) संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी, नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका नेता हरिबहादुर चुमान, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदस्य दलका नेता पञ्चराम गुरुङ्लगायतले नीति तथा कार्यक्रममाथि आ–आफ्ना धारणा राखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad