समाज


५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

नेपालखबर
मंसिर २८, २०८२ आइतबार ९:३५, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियसमा झरेको छ। 

मौसम पूर्वानमानुमान महाशाखाले आज (आइतबार) बिहान ८:४५ बजे सार्वजनिक गरेको तथ्यांकमा उपत्यकाको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस छ।

हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस थियो।

यही मंसिर १९ गते ८.६ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्दै घट्दै आज ५.० डिग्री सेल्सियसमा झरेको हो।

केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।  

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।  

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

मौसम महाशाखाले अहिलेसम्म अद्यावधिक गरेको तापक्रम विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस २.१ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम नेपालगन्जमा ११.६ डिग्री सेल्सियस छ।  

अन्य स्थानको तापक्रम थाहा पाउन हेर्नुहोस् सूची:

नोट : आजको अधिकतम तापक्रम साँझ ५:४५ बजे मात्र आउने भएकाले माथिको सूचीमा न्यूनतम तापक्रम मात्र आजका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad