कारोबार


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले दिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले दिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १०:५, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले पोखरामा निर्माणाधिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको निरीक्षण गरेका छन्। 

आइतबार भवन निर्माणस्थलको अनुगमन गर्दै उनले भवन निर्माणमा भइरहेको ढिलाईप्रति चासो व्यक्त गरेका हुन्।  

मन्त्री घिसिङले भवन निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरेका छन्। 

अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्य जोडिएको संवेदनशील संरचना निर्माणमा ढिलाइ भएकोप्रति आक्रोश व्यक्त गर्दै घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए। 

उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिए। उनले एक हप्ताभित्र निर्माणले गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिए। 

यसैगरी, प्रतिष्ठानका उपकूलपति भरत खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेकाले तत्काल भवन निर्माण गरिनु पर्ने र गर्न नसकेमा ठेक्का तोडी नयाँ प्रक्रियामा जानु पर्ने बताए। 

पोखरामा निर्माणाधिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन। 

माघ २०७७ मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको भवनको हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ। तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ। 

शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक) मा निर्माण गर्न लागिएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad