ad ad

समाज


कपिलवस्तुमा मध्यरातमा वडाध्यक्षमाथि गोली प्रहार

कपिलवस्तुमा मध्यरातमा वडाध्यक्षमाथि गोली प्रहार

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ६:२,

कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ।

वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि गोली प्रहार भए पनि उनी सकुशल रहेको प्रहरीले जनाएको छ।

वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुतेका मुसलमानमाथि राति करिब १ बजे चार राउन्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। उनका अनुसार दुई अज्ञात व्यक्तिले उनलाई गोली प्रहार गरेका थिए।

वडाध्यक्ष मुसलमानलाई ताकेर प्रहार भएका कुनै पनि गोली उनलाई नलागेको प्रहरीले जनाएको छ।

घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रनाउ मल्लले बताए। स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .