ad ad

समाज


सेनाले मंगलबार चीनबाट ३६ टन स्वास्थ्य सामग्री ल्याउने

सेनाले मंगलबार चीनबाट ३६ टन स्वास्थ्य सामग्री ल्याउने

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ६:१८,

नेपाली सेनाले आगमी मंगलबार स्वास्थ्य सामग्री ढुवानी गर्ने भएको छ।

नेपाल एयरलाइन्सको वाइडबढी जहाजमार्फत करिव ३६ टन स्वास्थ्य सामग्री ढुवानीको तयारी भएको सैनीक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

चीनले गोन्जाओमा सबै स्वास्थ्य सामग्री उपलब्ध गराउने सम्झौतामा उल्लेख छ। सम्झौता अनुसार चीनले स्वास्थ्य सामग्री तयार गरेको भए पनि सोमबारसम्म त्यहाँ निरन्तर बिदा भएकाले सामग्री ढुवानीमा केही दिन ढिला भएको हो।

चीनबाट सेनाले ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको छ। तत्काल दुई वटा फ्लाइट मार्फत सेनाले सामग्री ढुवानी गर्न लागेको हो।

अवस्था सामान्य रही रहे बाँकी स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याउने सेनाको तयारी छ। चीनबाट २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री ल्याउन लागिएको हो। १० दिन पहिले नै सेनाले राष्ट्र बैंकमार्फत उक्त रकम भुक्तानी गरेको छ।

चिनीयाँ सरकारी कम्पनी सिनो मार्फबाट सेनाले जीटूजी प्रक्रियाबाट सामग्री ल्याउने सम्झौता भएको थियो।

सेनाले पहिलो चरणमा पीपीई, एन ९५ मास्क, पीसीआर टेस्टका लागि आवश्यक सामग्री ल्याउने भएको छ। तत्काल आवश्यक नपर्ने स्वास्थ्य सामग्री सडक मार्गबाट ढुवानी गर्न सकिने प्रवक्ता पाण्डेले बताए।

सम्झौता अनुसारका सबै सामग्री चीनले यो साता तयार गरिदिने छ। सरकारले चैत १६ गते स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको हो।

सेनाले ५३ प्रकारका औषधि भारतबाट ल्याउने सम्झौता गरेको छ। भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री ल्याउने भएको हो। भारतले पनि यी औषधी दिल्लीस्थित नेपाली दूतावासमा उपलब्ध गराउने छ।

भारतको औषधी विभागअन्तर्गतको कम्पनी ब्युरो अफ फार्मबाट औषधी ल्याउने तय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .