समाज


उपकुलपतिका लागि २ पटक सूचना गर्दा पनि परेन दरखास्त

शिक्षामन्त्रीले फेसबुकमा लेखे- नेपाल आमाको कोही देशभक्त सन्तान छैन?
उपकुलपतिका लागि २ पटक सूचना गर्दा पनि परेन दरखास्त

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार ११:४७, काठमाडौँ

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचना गर्दासमेत कुनै पनि उम्मेदवारको दरखास्त परेको छैन। 

उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेको थियो। 

पहिलो सूचनामा दरखास्त नपरेपछि यही मङ्सिर ५ गतेसम्म दरखास्तको समय बढाइएको थियो। 

तर यस अवधिमा पनि उम्मेदवारको निवेदन पर्न सकेको छैन। 

‘उपकुलपति पदमा दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन। त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधी भई काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान कृपया निवेदन दिनुहोस्। वा मलाई नै सम्पर्क गर्नुहोस्’, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज सार्वजनिक आह्वान गरेका छन्। 

सङ्घीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad