ग्लोबल


भारतको राष्ट्रपति भवन परिसरमा पुटिनलाई २१ तोपको सलामी (भिडिओ)

भारतको राष्ट्रपति भवन परिसरमा पुटिनलाई २१ तोपको सलामी (भिडिओ)

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार ११:५२, काठमाडौँ

भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतीय राष्ट्रपतिको भवन परिसरमा शुक्रबार बिहान २१ तोपको सलामी दिँदै स्वागत गरिएको छ।

त्यसपछि उनलाई गार्ड अफ अनर प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

यसपछि पुटिन महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न राजघाट जानेछन्।

पुटिनसँगै सात मन्त्रीहरूको ठूलो प्रतिनिधिमण्डल बिहीबार बेलुका भारत भ्रमणमा आइपुगेको हो।

पुटिनलाई स्वागत गर्न भारतका प्रधानमन्त्री मोदी आफैँ दिल्ली विमानस्थल पुगेका थिए।  

आज मोदी र पुटिनबीच दुई महत्त्वपूर्ण बैठक हुने कार्यक्रम छ। 

द्विपक्षीय बैठकका क्रममा भारत र रुसबीच २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad