समाज


कोरोना भाइरस निर्माण भएको भनाइलाई चिनियाँ प्रयोगशालाले झुठो दाबी भन्यो

कोरोना भाइरस निर्माण भएको भनाइलाई चिनियाँ प्रयोगशालाले झुठो दाबी भन्यो

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १०:४३,

वुहान इन्स्टिच्युट अफ भाइरोलोजी डब्लूआइभी प्रयोगशालाले कोरोना भाइरस निर्माण गरेको भन्ने हल्ला फिजिएपछि यतिबेला वुहानको उक्त प्रयोगशालाले भाइरस निर्माण भएको विषय झुठो दाबी भएको प्रतिक्रिया जनाएको हो।

गत अप्रिल १५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस वुहानको प्रयोगशालामा निर्माण भएको हो या होइन भन्ने विषय अमेरिकाले अनुसन्धान गरिरहेको बताएका थिए।

हुपेइ प्रान्तस्थित वुहान चीनको त्यो शहर हो जहाँ पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो।

वुहानको प्रयोगशालाले ‘सार्स कोभ २’ भाइरसको जिनोम प्रयोग गरी नयाँ कोरोना भाइरस निर्माण गरेको आरोपहरुमा जनाइएको थियो।

प्रयोगशालाका प्राध्यापक युआन जिमिङले रोयटर्ससँग भनेका छन्,‘डब्लूआइभीसँग नयाँ कोरोना भाइरस निर्माण गर्ने मनसाय छैन र सामथ्र्य छैन।’

प्रयोगशालाले हालसम्मको अनुसन्धानको क्रममा यो भाइरस केबाट फैलिएको हो भन्ने अझै पत्ता लाग्न नसकेको पनि उल्लेख गरेको छ।

युआनले ७० प्रतिशतभन्दा बढी सरुवा रोगहरु जनावरबाट सरेको बताउँदै कोभिड १९ पनि जनावरबाट सरेको हुनसक्ने बताए।

यसअघि विभिन्न अनुसन्धानले नयाँ कोरोना भाइरस चमेराबाट सालक हुँदै मानिसमा सरेको हुनसक्ने अनुमान गरेको छ।

प्राध्यापक युआनले नयाँ भाइरसको विषयमा पूर्वाग्रहयुक्त अभिव्यक्ति राख्न नहुने र यस रोगको उपचार र औषधिको अनुसन्धानमा एकजुट हुनुपर्ने धारणा राखेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .