समाज


युनिसेफ नेपाल भन्छः कोरोना संक्रमित आमाले पनि शिशुलाई स्तनपान गराउन मिल्छ तर...

युनिसेफ नेपाल भन्छः कोरोना संक्रमित आमाले पनि शिशुलाई स्तनपान गराउन मिल्छ तर...

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ८:३०,

अहिले विश्वभरका मानिसलाई कोरोना भाइरसको संक्रमण तथा त्रासले सताइरहेको छ।

यसले मानिसमा मरिने हो कि भन्ने डर त छँदै छ, साथै स्वास्थ्यसम्बन्धी अनेक जिज्ञासा पनि उत्पन्न गराएको छ।

यो भाइरस तथा रोग (कोभिड-१९) नै नयाँ भएकाले स्वाभाविक रूपमा मानिसमा यसमा के गर्न हुन्छ, के गर्न हुँदैन, अनेक जिज्ञासा उत्पन्न भइरहेका छन्। 

यसैक्रमा साना बच्चाका आमालाई कोरोना संक्रमण भयो भने त्यो शिशुले आफ्नी आमाको दूध खान हुन्छ कि हुँदैन होला भन्ने जिज्ञासा पनि हामीलाई पक्कै भइरहेको हुनुपर्छ।

यसै सन्दर्भमा बालबालिकाको क्षेत्रमा कार्यरत युनिसेफ नेपाल संस्थाले आफ्नो ट्विटरमार्फत यसबारे जानकारी दिएको छ।

उसका अनुसार कोरोना संक्रमित आमाले आफ्ना शिशुलाई स्तनपान गराउन सक्छन्। तर त्यसका लागि कम्तीमा २० सेकेन्डसम्म साबुन–पानीले राम्रोसँगहात धुन तथा मास्क लगाउन अनिवार्य छ।

हेरौं युनिसेफ नेपालकै ट्विटः 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .