ad ad

राजनीति


कोरोनाको त्रासपछि स्थगित चीनको वर्षकै ठूलो राजनीतिक बैठक मेमा हुने

कोरोनाको त्रासपछि स्थगित चीनको वर्षकै ठूलो राजनीतिक बैठक मेमा हुने

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ८:१३,

चीनको संसद ‘नेसनल पीपुल्स कंग्रेस’ एनपीसीको वार्षिक बैठक कोरोना भाइरसको कारण स्थगित भएको थियो।

हरेक वर्ष मार्च महिनाको पहिलो हप्ता आयोजना हुने एनपीसीको वार्षिक बैठक चीनको वषकै ठूलो राजनीतिक बैठक हो। जहाँ आठ हजारभन्दा बढी सदस्यहरु छलफलका लागि भेला हुन्छन्।

तर कोरोना भाइरस ‘कोभिड १९’ को त्रासपछि उक्त बैठक अनिश्चित समयका लागि स्थगित भएको थियो।

बेइजिङको ग्रेट हलको एकै थलोमा आठ हजार सदस्य भेला हुन उचित नहुने र कोरोनाको संक्रमण सर्ने खतरा हुने भन्दै एनपीसीले बैठक तत्काललाई आयोजना नगरिने जानकारी दिएको थियो।

झन्डै २ महिनापछि एनपीसीले वार्षिक बैठक मे महिनामा आयोजना हुने बुधबार जानकारी दिएको हो।

यस राजनीतिक भेलामा हजारौं सदस्यहरूबीच सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दछ र छलफलपछि रणनीति तय गर्दछ।

हाल कोरोना भाइरसको प्रभाव चीनमा हटिसकेको भनेर संकेत दिन चीन सरकारले यस वैठकलाई मेमा आयोजना गर्न लागेको विश्लेषण भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .