समाज


कोरोना अपडेट : मृतकको संख्या २ लाख १७ हजार नाघ्यो, संक्रमित ३१ लाख भन्दा धेरै

कोरोना अपडेट : मृतकको संख्या २ लाख १७ हजार नाघ्यो, संक्रमित ३१ लाख भन्दा धेरै

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १:३०,

विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ। बुधबार बिहान पौने सात बजेसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ३१ लाख ३६ हजार २ सय ३२ पुगेको छ।

हिजो एकै दिन कोरोनाका ७६ हजार २ सय ८६ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म यसको संक्रमणबाट २ लाख १७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका वल्र्डओमिटरले जनाएको छ।

मंगलबार मात्रै कोरोना संक्रमणबाट ६३ सय ५१ जनाले ज्यान गुमाएका छन्।

मंगलबार अमेरिकामा कोरोना संक्रमणबाट २४ सय ५६ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा मृतकको संख्या ५९ हजार २ सय ५२ पुगेको छ।

हिजो एकै दिन त्यहाँ कोरोनाका २५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा संक्रमितको संख्या १० लाख ३५ हजार नाघेको छ।

सोमबार अमेरिकामा १२ सय ३७ जनाको मात्रै मृत्यु भएको थियो भने आइतबार ११ सय ५७ जनाको मृत्यु भएको थियो। तर, मंगलबार फेरि अमेरिकामा मृत्यु दर बढेको छ।

त्यसैगरी युकेमा मंगलबार ५ सय ८६ जनाले ज्यान गुमाएका छन्। यससँगै त्यहाँ मृतकको संख्या २१ हजार ६ सय ७८ पुगेको छ।

त्यस्तै मंगलबार ब्राजिलमा ५२०, इटालीमा ३८२, फ्रान्समा ३६७, स्पेनमा ३०१, इक्वेडरमा २०८, क्यानाडामा १५२, बेल्जियममा १२४, जर्मनीमा १८८, टर्कीमा ९२, रुसमा ७३, इरानमा ७१, पेरुमा ७२, नेदरल्यान्डमा ४८, आयरल्यान्डमा ५७, स्वीडेनमा ८१, मेक्सिकोमा ८३ जनाको मृत्यु भएको छ।

अहिलेसम्म इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ हजार ३५९ पुगेको छ भने स्पेनमा २३ हजार ८२२, फ्रान्समा २३ हजार ६६०, युकेमा २१ हजार ६७८ पुगेको छ।

हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ६९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या १ हजार ८ पुगेको छ भने संक्रमित ३१ हजार ३६० पुगेका छन्।

त्यहाँ मंगलबार मात्रै १९ सय ९ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म भारतमा सात हजार सात सय भन्दा धेरै उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad