छापा खबर


कोरोना कहर : विद्यार्थीले कक्षा छोड्ने दर बढ्ने

कोरोना कहर : विद्यार्थीले कक्षा छोड्ने दर बढ्ने

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १:४९,

कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणले विद्यालय तहको कक्षा सञ्चालनमा केही विलम्ब हुँदा विद्यार्थीले कक्षा छोड्ने दर बढ्न सक्ने देखिएको छ।

सङ्क्रमणका कारण वैशाख २ देखि १५ सम्म हुने विद्यार्थी भर्ना अभियान अवरुद्ध भएको साथै अनलाइन कक्षाहरू पनि विद्यार्थीको पहुँचमा पुग्न कठिनाइ देखिएपछि विद्यालय जाने उमेर समूहका धेरै बालबालिका विद्यालयबाहिरै रहनसक्ने आकलन गरिएको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

यो अवस्थामा विद्यालय तथा शिक्षकले अभिभावक र विद्यार्थीसित सम्पर्कमा रहनुपर्ने तथा कक्षा सञ्चालन हुन नसकेको अवस्थामा पनि प्रविधिमार्फत विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने खाँचो शिक्षासम्बद्ध व्यक्तिहरूले औँल्याएका छन्। यसमा स्थानीय सरकार र अभिभावकको पनि समन्वयकारी भूमिका अपेक्षित हुने उनीहरुको भनाई छ।

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी कोरोना सङ्क्रमणले आफ्नो जीविकोपार्जन गर्न समस्या भएर पढ्नका लागि सहरी क्षेत्रमा बसेका झन्डै ४० प्रतिशत मानिस गाउँमा पुगेको बताए।

जनजीवन सामान्य भएर आफ्नो व्यापार, व्यवसाय तथा पेसा पुरानै अवस्थामा सञ्चालन आउने वातावरण नबनेसम्म गाउँमा पुगेका नागरिक सहरमा आउन नसक्ने भन्दै यसले बालबालिकाको पठनपाठनलाई प्रत्यक्ष रूपले प्रभावित पार्ने विश्लेषण छ।

राजधानीको ज्ञानोदय माध्यमिक विद्यालय कलङ्कीका पूर्वप्रधानाध्यापक धनञ्जय शर्मा आफ्ना विद्यार्थी कहाँ छन् भन्ने कुरामा यति बेला विद्यालयका प्रधानाध्यापक सक्रिय हुनुपर्ने र त्यसो नगरिए विद्यार्थीले कक्षा छोड्ने क्रम बढ्न सक्ने बताउँछिन्।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले विद्यालय नखुलेसम्म प्रविधिको माध्यमबाट विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad