समाज


लकडाउन ६ महिना लम्बिए ७० लाख महिलाले अनिच्छित गर्भधारण गर्ने

लकडाउन ६ महिना लम्बिए ७० लाख महिलाले अनिच्छित गर्भधारण गर्ने

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ०:४४,

संयुक्त राष्ट्रसंघको जनसंख्या कोषले कोरोना भाइरस संक्रमणले उत्पन्न गरेको अहिलेकाे परिस्थिति लम्बिँदै गए महिलाहरु गर्भवती हुने दर ह्वात्तै बढ्ने जनाएको छ।

लकडाउनले उत्पन्न गरेको परिस्थितिका कारण ठूलो सङ्ख्यामा महिलाहरुले अनिच्छित गर्भधारण गर्न सक्ने जोखिम बढेको कोषको भनाई छ।

कोषका अनुसार हाल विश्वका अधिकांश देशमा लागू भएको लकडाउन ६ महिनासम्म निरन्तर भए खासगरि निम्न तथा मध्यम आय भएका देशमा ४ करोड ७० लाख महिलाले परिवार नियोजनका साधनमा पहुँच गुमाउनेछन्।

त्यसको परिणामस्वरूप ७० लाख महिलाले अनिच्छित गर्भधारण गर्नसक्ने उसको अनुमान छ।

कोषले लकडाउनको अवधिमा लैङ्गिक हिँसाका ३ करोड १० लाख अतिरिक्त घटना हुने पनि अनुमान गरेको छ।

केही देशहरूमा लकडाउन लागु भएपछि महिलाहरूले घरेलु हिँसाबाट पीडित भएर फोन गरेका घटनाहरू बढेको विवरणहरू आइसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad