समाज


मंसिर १ गतेदेखि पशुपति आसपास मासु र मदिरा बेच्न निषेध

मंसिर १ गतेदेखि पशुपति आसपास मासु र मदिरा बेच्न निषेध

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १९:१२, काठमाडौँ

पशुपत क्षेत्रभित्र भोलिदेखि मासु र मदिरा निषेध गरिएको छ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालय आइतबार सूचना जारी गर्दैै मंसिर १ गतेदेखि पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बिक्री, भण्डारण र सेवन पूर्ण रूपमा निषेध गरेको हो।

बालाचतुर्दशी (शतविजारोपण) पर्वकाअवसरमा सुरक्षा कडा पार्दै यी पदार्थ निषेध गरिएको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार पाशुपत क्षेत्रका चार किल्ला भित्र लागू हुने सीमा तोकिएको छ।

चार किल्ला तोकिएका क्षेत्रः

पूर्वतर्फ-तिलगङ्गा र गुहेश्वरीतर्फको क्षेत्र
पश्चिमतर्फ- गौशाला, मित्रपार्क र चक्रपथ सडक
उत्तरतर्फ- मित्रपार्क, उमाकुण्ड, गौरीघाट, गुहेश्वरी सडक
दक्षिणतर्फ- गौशाला, तिलगङ्गा र चक्रपथ सडक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad