समाज


भारतबाट नेपाल आउँदै गरेका युवकको मलद्वारमा फेला पर्‍यो ब्राउन सुगर

भारतबाट नेपाल आउँदै गरेका युवकको मलद्वारमा फेला पर्‍यो ब्राउन सुगर

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार ६:१, झापा

भारतबाट मलद्वारमा लुकाएर लागु औषध ल्याउँदै गरेको अवस्थामा झापाबाट एक युवक पक्राउ परेका छन्। 

शुक्रबार साँझ भद्रपुर नगरपालिका-५ मेचीबिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ३१ वर्षीय युवक पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा झापाकै हल्दिबारी गाउँपालिका ३ निवासी अनुप महतो रहेका प्रहरीले जनाएको छ। 

भारतबाट पैदलै नेपालतर्फ आउँदै गरेका महतोलाई शंका लागि चेकजाँच गर्दा मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाएर ल्याउदै गरेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको हो। 

उक्त पदार्थ प्लाष्टिकसहित तौल गर्दा १० ग्राम १८० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ९ ग्राम छ। 

महतोलाई लागु औषधसहित जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad