प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा महाप्रबन्धक नियुक्तिको प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिएकी छिन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेकी प्रधानमन्त्री कार्कीले मंगलबार मन्त्रालयका सचिव हरि मैनालीलाई कार्यकक्षमा बोलाएर अहिलेसम्मको प्रगतिबारे जानकारी लिएकी हुन्।
प्रधानमन्त्री कार्कीले गत कात्तिक १४ गते सचिव मैनालीको संयोजकत्वमा महाप्रबन्धक चयनका लागि समिति गठन गरेकी थिइन्। उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयको योजना तथा प्रशासन महाशाखा प्रमुख सहसचिव सदस्यसचिवको भूमिकामा रहेका छन्।
सचिव मैनालीले कार्यविधि तयार गर्ने काम सम्पन्न भएको र केही प्रशासनिक कारणले ढिलाइ भएको जानकारी गराए। उनका अनुसार आजै समितिको पहिलो बैठक बस्ने तयारी गरिएको छ।
Shares

प्रतिक्रिया