नेपाली कांग्रेसका नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले प्रत्यक्ष कार्यकारी सरकार प्रमुखले देशका सबै समस्याहरु समाधान गर्छ भन्नु मूर्खता मात्रै हुने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेपाल कानुन समाजद्वारा काठमाडौंमा आयोजित प्रतिनिधि सभाको निर्वाचनः चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले अहिलेका नेताहरु पार्टीको अध्यक्ष त छोड्न नसक्ने परिस्थितिबाट प्रत्यक्ष कार्यकारी प्रमुख पाए झन अवस्था के होला? भन्दै प्रश्न गरे।
दलित, मधेसी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्नसक्छ? भन्नु मूर्खता मात्रै हुने उनको भनाइ छ।
उनले समानुपातिक, समावेशी, संघीयताको कुरा ठट्टाको विषय नभएको बताए।
'२० वर्ष अगाडिको सारंगी अहिले बजाउँदैछन् भन्नुभयो। तीन वटा मुख्य दलको नेताको त्यो पदमा पुगेपछि हेर्नुस् प्रवृत्ति। जुन राजनीतिक दलका नेताले आफ्नो पार्टीको पद छोड्न सक्दैनन्। तिनले सत्ता पाए भने छोड्छन्?,' उनले भने, 'दलित, मधेसी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्नसक्छ? जाति, जनजाति, भाषाहरुको प्रतिनिधित्व यो संविधानले बोकिरहेको छ। समानुपातिक, समावेशी, संघीयताको कुरा जुन छ। यो ठट्टाको विषय होइन । ख्यालख्यालमा आएको होइन।’
Shares

प्रतिक्रिया