समाज


पहिरो हटाएर मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालन

पहिरो हटाएर मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालन

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार २०:१४, काठमाडौँ

मुग्लिन-नारायणगढ सडकखण्डमा झरेको सुक्खा पहिरो हटाइएको छ। सडकखण्डको जलविरेनजिकै नारायणगढतर्फ बिहीबार साँझ ५:१० बजे सुक्खा पहिरो खसेको थियो। पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको थियो। 

पहिरो पन्छाएर सवारी आवागमन दुवैतर्फ सुचारु भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ। 

'मुग्लिन नारायणगढ सडक खण्डको जलविरे नजिकै नारायणगढतर्फ खसेको सुक्खा पहिरो हटाई सवारी आवागमन दुवैतर्फ सुचारू भैसकेको जानकारी गराउँदछौँ,' सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad