ad ad

समाज


लकडाउनमा उपत्यकामा घटे २०२ घटना

लकडाउनमा उपत्यकामा घटे २०२ घटना

नेपालखबर
बैशाख १३, २०७७ शनिबार १२:०,

 ‘लकडाउन’को अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन्। साविकभन्दा यी घटना निकै कम हुन्।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बताए। उनका अनुसार ललितपुरमा २८ र भक्तपुरमा नौ घटनाको उजुरी परेका हुन्।

सबैभन्दा बढी भवितव्य ज्यानसम्बन्धी ५८ घटना भएका प्रहरीले जनाएको छ। बैंकिङ कसुरका ३३, ज्यानसम्बन्धी कसुरका ३५ र आत्महत्याका २१ घटना भएका पोखरेलले बताए। सडकमा प्रहरीको उपस्थिति रहेको र नागरिक आआफ्नै घरमा भएकाले आपराधिक घटना न्यून भएका हुन्।

‘हिजोको दिनमा नागरिक समाजमा आउथे, घुलमिलपछि विमति हुन्थ्यो, होटल रेस्टुराँमा झगडा हुन्थ्यो र अपराध हुन्थ्यो, अहिले नागरिक घरमा, प्रहरी सडकमा भएकाले यस्ता घटना रोकिएको हो’, पोखरेलले भने। सोका कारण अपराध नियन्त्रणमा खटिएका प्रहरीलाई लकडाउनको कार्यान्वयनमा खटाउन सजिलो भएको छ। उपत्यकाका १३८ युनिटबाट अहिले तीन जिल्लामा नौ हजार प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

लकडाउनमा दैनिक दुई हजार मानिस कारबाहीमा पर्ने गरेको जानकारी दिँदै उनले यो अवधिमा उल्लंघन गर्ने ७३ हजार बढीलाई कारबाही गरिएको बताए। लकडाउनका बेला अत्यावश्यक कामका लागि हिँडेका मानिस तथा समस्यामा परेका र घर जान पैदल हिँडेकालाई अहिले सरकारी निर्णयअनुसार नै गन्तव्यमा पठाउने काम जारी रहेको छ।

स्थानीय तहले समेत आ–आफ्नो क्षेत्रमा पेशा अपनाउन नसकेकालाई राहत दिने र खाना खुवाउने अभियानसमेत चलाएका छन्। यसमा विभिन्न सामाजिक संस्थाको समेत सहभागिता छ। कोभिड–१९ को संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .