ad ad

समाज


श्रीमतीको शंकास्पद मृत्युपछि श्रीमान् पक्राउ

श्रीमतीको शंकास्पद मृत्युपछि श्रीमान् पक्राउ

नेपालखबर
बैशाख १३, २०७७ शनिबार १२:१५,

डोटीको शिखर नगरपालिका वडा नं ८ बस्ने ३० वर्षीया रान्जु दमाईँको टाउकामा चोट लागेर मृत्यु भएपछि घटना शंकास्पद भएको जनाई पति कृष्णलाई जिल्ला प्रहरी कार्यालयले शनिबार नियन्त्रणमा लिएको छ।

रान्जु गम्भीर घाइते रहेको खबर शुक्रबार प्रहरीलाई आएको र घटनास्थलमा गएर हेर्दा मृत्यु शंकास्पद देखिएकाले निजका श्रीमानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक कर्ण बोहराले बताए।

टाउको फुटेको अवस्थामा रहेको र बाँकी शव परीक्षण प्रतिवेदन आएपछि मात्रै भन्न सकिने प्रहरी निरीक्षक बोहराले जानकारी दिए।

घटना भएको दिन शुक्रबार एउटै कोठामा दमाईं दम्पती मात्रै रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .