काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गोकर्ण बस्नेत गाउँस्थित एक घरबाट प्रहरीले एक थान पेस्तोल र हतकडी बरामद गरेको छ।
विशेष सूचनाका आधारमा पेस्तोल र हतकडीसहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–५ सूर्यकोट घर भइ भक्तपुर बस्ने वर्ष २७ को राजन भुजेल र सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका १ घर भइ गोकर्णेश्वर नगरपालिका ३ बस्ने वर्ष २६ को उत्तम भुजेल रहेका छन्।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग, गोकर्णबाट खटिएको प्रहरी टोलीले पानी ट्याङ्की भित्र लुकाई राखिएको अवस्थामा म्याग्जीन नभएको मेड इन यूएसए एमओ–११११ लेखिएको ९ एमएम क्यालिभरको पेस्तोल र हतकडी थान १ बरामद गरेको हो।
पक्राउ पर्ने उपर काठमाडौं जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया