खेल


नेपाल लगातार दोस्रोपटक विश्वकपमा छनोट

नेपाल लगातार दोस्रोपटक विश्वकपमा छनोट

नेपालखबर
असोज २९, २०८२ बुधबार १९:३२, काठमाडौँ

नेपाल लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट भएको छ।

बुधबार भएको सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामायोमाथि ७७ रनको फराकिलो जित निकालेपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भएका हुन्।

विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुनेछ। 

योसँगै नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप खेलेको थियो। त्यसको १० वर्षपछि नेपालले सन् २०१४ मा विश्वकपमा स्थान बनाएको थियो। यो पटक पनि नेपालले विश्वकपमा स्थान बनाएपछि लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो। 

नेपालले तेस्रो पटक विश्वकपमा स्थान बनाएसँगै टोलीमा पहिलो पटक विश्वकप खेल्ने टोलीबाट सोमपाल कामी मात्र छन्। 

नेपालले सन् २०२३ मा घरेलु मैदानमा भएको छनोटमा युएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो। संयोग त्यसअघि सन् २०२२ मा युएईसँग पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो। 

सुपर सिक्समा सामोयालाई पराजित गरेपछि युएइएको विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ। यद्यपी युएईले सुपर सिक्सको आफ्नो अन्तिम खेल र अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ। 

बुधबारको पहिलो खेलमा कतारले जापानलाई ३ विकेटले हराएपछि जापानको विश्वकप पुग्ने सम्भावना केही कठिन बनेको हो। 

सुपर सिक्सको बुधबारको अन्तिम खेलमा आजै नेपाल र ओमान खेल्दैछन्। सो खेल राति ८ः४५ मा सुरु हुनेछ। सुपर सिक्समा युएईले सामायोलाई हराएपछि नेपाल र ओमान खेल अघि नै विश्वकपमा पुगेका हुन्। 

सुपर सिक्समा नेपालले युएईलाई १ र कतारलाई ५ रनले हराएको थियो। सुपर सिक्सको अन्तिम खेलमा नेपालले शुक्रबार सामोयासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad