काठमाडौँको टोखामा एक जनाको हत्या भएको छ।
टोखा नगरपालिका- २ चण्डेश्वरी बस्दै आएका पाँचथरका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो।
फलामको रड प्रहारबाट गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
लिम्बुको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
टोखा बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई बिहीबार राति नै प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले विवादको क्रममा फलामको रड प्रहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
Shares

प्रतिक्रिया