रसुवास्थित गोसाइँकुण्ड घुम्न गएका ४ जना बेपत्ता भएका छन्। गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेको बेरिङ खोल्साले बगाउँदा चारै जना बेपत्ता भएका हुन्।
सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल २० नम्ब गुल्म रसुवाबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोदी खटिएको छ।
टोलीले गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशीस्थित भोटोकोसी नदी आसपास क्षेत्रमा र अस्थायी सुरक्षा बेश मैलुङ्गबाट र नेपाल प्रहरिको संयुक्त टोली मैलुङ्ग स्थित त्रिशूली खोला आसपासमा खोजी जारी राखेको उनको भनाइ छ।
204
Shares

प्रतिक्रिया