समाज


असोज १७ देखि २० सम्म अति जरुरी छैन भने टाढाको यात्रा नगर्नू : विपद् व्यवस्थापन प्राधिकरण

असोज १७ देखि २० सम्म अति जरुरी छैन भने टाढाको यात्रा नगर्नू : विपद् व्यवस्थापन प्राधिकरण

नेपालखबर
असोज १६, २०८२ बिहिबार १८:१८, काठमाडौँ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ गतेदेखि २० गतेसम्म देशका पाँचवटा व्यापक वर्षाको सम्भावना देखिएकाले यस अवधिमा अत्यन्त जरुरी नपरी टाढाको यात्रा नगर्न सुझाव दिएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। यस क्रममा नारायणी, बागमती, कमला र कोसी नदीमा बहाब खतरा तह आसपास पुग्न सक्ने देखिएको छ।

विशेषगरी बागमती प्रदेशको काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोसी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूमा आकस्मिक बहाबको सम्भावना उच्च रहेको हुँदा सतर्कता अपनाउन र पूर्वतयारी गर्न विपद् प्राधिकरणले सल्लाह दिएको छ। 

    यस्तो छ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूरा सूचना-

    उच्च सतर्कताका लागि अनुरोध
    जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। नारायणी, बागमती, कमला र कोसी नदीमा बहाब खतरा तह आसपास पुग्न सक्ने देखिएको छ।

    विशेषगरी बागमती प्रदेशको काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोसी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूमा आकस्मिक बहाबको सम्भावना उच्च रहेको हुँदा सतर्कता अपनाउनु हुन र पूर्वतयारी तथा पूर्वकार्य गर्नु हुन सबैमा अनुरोध गर्दछौँ।

    यतिबेला दसैँको माहोल पनि भएकाले तपसिलबमोजिमका कार्य गर्न/गराउन सम्बन्धित सबैमा अनुरोध छ।

    • उल्लिखित अवधिमा अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्ने।
    • सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउने।
    • पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउने।
    • डुबान हुने बस्तीका बासिन्दाहरूले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरूलाई पनि जानकारी दिने। आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने।
    • तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।
    • जोखिमयुक्त राजमार्ग र सडकहरूमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडरलगायतका साधनहरू तयारी अवस्थामा राख्ने।
    • पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने।

     

     

      प्रतिक्रिया

      नेपाल खबर प्रा.लि
      सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

      Nepal Khabar Pvt. Ltd.

      Blue Star Complex
      Thapathali-11, Kathmandu, Nepal
      +977 01 5340505 / 5341389
      Admin:[email protected]
      News:[email protected]

      विज्ञापनका लागि सम्पर्क


      +977 9851081116
      [email protected]
      Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
      ad ad