समाज


मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु

मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु

नेपालखबर
असोज १३, २०८२ सोमबार १८:२९, काठमाडौँ

पहिरोका कारण आज (सोमबार) दिनभर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।

तुईन खोला पुल नजिकै गएको पहिरो साँझ ६ बजे पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

पहिरोका कारण मध्याह्न १२ बजेदेखि दुवैतर्फ सडक बन्द भएको थियो।

उक्त सडकखण्डमा पटक पटक पहिरो गइरहेका कारण एक हप्ताअघि देखि यातायात सञ्चालन नियमित हुन सकिरहेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad