वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
वेस्ट इन्डिजविरुद्ध नेपाली टोलीमा एक परिवर्तन, नन्दनको स्थानमा आदिल
वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
वेस्ट इण्डिजसँगको दोस्रो खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल ले १ खेलाडी परिवर्तन गरेका छन्। आजको खेलमा नन्दन यादवको स्थानमा मोहम्मद आदिल आलम सुरुवाती ११ मा आएका छन्।
नेपालमा भएको नेपाल टी–२० लिगमा म्याच फिक्सिङमा परेपछि पुनरागमन गरेका आदिलको यो पहिलो खेल हो।
यसअघि घरेलु मैदानमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोप लागेपछि आदिलको यो पहिलो खेल हो। वेष्ट इन्डिजविरुद्ध सुरुवाती रोजाइमा स्थान बनाएपछि आदिल ३ वर्षपछि मैदान फर्किएका हुन्।
वेस्ट इण्डिजविरुद्धको दोस्रो खेलमा पनि नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछाने सुरुवाती ११ बाहिर छन्।
नेपालको सुरुवाती ११ः
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुल्सन झा, दिपेन्द्र सिंह ऐरि, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, मोहम्मद आदिल आलम र ललित राजवंशी
Shares

प्रतिक्रिया