कारोबार


वर्ल्ड भिजन इन्टरनेशनलद्वारा सरकारलाई १ हजार पीपीई र १२० आईआर थर्मोमिटर सहयोग

वर्ल्ड भिजन इन्टरनेशनलद्वारा सरकारलाई १ हजार पीपीई र १२० आईआर थर्मोमिटर सहयोग

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ११:२५,

देशमा कोरोनाभाइरसको महामारी फैलिनसक्ने कुराबारे चासो बढी रहँदा वल्र्ड भिजन इन्टरनेशनल नेपालले नेपाल सरकारलाई १००० पीपीई र १२० इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको छ।

पीपीई सेट तथा सरसफाइ प्रयोजनका सामग्रीहरु महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मन्त्रालयका केही कर्मचारीहरुका बीचमा हस्तान्तरण गरिएको हो।

हस्तान्तरण गरिएका प्रत्येक सेटमा पीपीईलगायत अन्य चिकित्सा प्रयोगका गरी १९ सामग्रीहरु रहेका छन्। उक्त पीपीई सहयोग वल्र्ड भिजन इन्टरनेशनल नेपालले आफ्नो तीन महिने कोभिड—१९ प्रतिकार्य योजनाअन्तर्गत गरेको हो।

हस्तान्तरण समारोहमा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मन्त्रालयसगँको समन्वयमा कोभिड १९ रोकथामको लागि सरकारको तत्कालका आवश्यकताहरुमा सहयोग गर्ने वल्र्ड भिजन इन्टरनेशनल नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाउँदै खुसी प्रकट गरे।

सोही समारोहमावल्र्ड भिजन इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक जेनिस गिन्टिङ्गलेसरकारको सक्रिय साझेदार भएकाले सरकारलाई कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न मद्दत गर्न प्रतिबद्ध रहेको बताए। विगतमा पनि यस्तो सहयोग संस्थाले गर्दै आएको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad