रसुवा र संखुवासभाबाहेक आज कतै पनि सडक अवरुद्ध नरहेको प्रहरीले जनाएको छ।
वर्षा कम भएसँगै बाढीपहिरोले सडक अवरुद्ध हुने क्रम पनि घटेको हो।
चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा पहिरो हटाएपछि गएरातिदेखि नै मुग्लिन नारायणगढ सडकसँगै पृथ्वी राजमार्गमा निर्वाध रुपमा गाडी गुड्न थालेका छन्।
कोसी राजमार्गको भोटखोला र मकालु गाउँपालिका-३ को एकुवामा भने आज पनि सडक अवरुद्ध छ।
त्यसैगरि रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा पनि आज सवारी अवरुद्ध छ।
यीबाहेक सबैतिर आज सवारी आवागमन सुचारु रहेको प्रहरीले जनाएको छ।
84
Shares

प्रतिक्रिया