फेसबुकले भारतीय अर्बपति मुकेश अम्बानीको मोबाइल इन्टरनेट कम्पनी रिलायन्स जिओमा ५ अर्ब ७० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ।
फेसबुकले कम्पनीको ९.९९ प्रतिशत सेयर किन्नलागेको हो।
योसँगै फेसबुकले भारतमा लगानीको सुरुवात गरेको छ। भारतमा फेसबुककै ह्वाट्सएप च्याट सेवामा ४० करोड प्रयोगकर्ता रहेका छन्। यसबाटै भुक्तानी सेवाको समेत फेसबुकले तयारी गरिरहेको छ।
फेसबुकले एक वक्तव्य जारी गर्दै भारतमा लगानी गर्ने कम्पनीको प्रतिबद्धता कार्यान्वयन भएको टिप्पणी गरेको छ।
फेसबुकले ह्वाट्सएप र रिलायन्सको अनलाइन भेन्चर जिओमार्टसँग सहकार्य गरेर मानिसहरुलाई व्यवसाय, पसल र वस्तु खरिदबिक्रीमा जोड्ने बताएको छ।
गत फेब्रुअरीमा ह्वाट्सएप पेले भारतीय अधिकारीबाट सुरुवाती अनुमति पाएको थियो।
त्यस्तै रिलायन्स जिओले पनि वक्तव्य जारी गर्दै यो दुवै कम्पनीका लागि राम्रो हुने बताएको छ।
प्रतिक्रिया