केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी स्याङ्जामा पक्राउ परेका छन्।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट फरार भएका ३४ वर्षीय विनोद दर्जीलाई मंगलबार पक्राउ गरेको स्याङ्जाका डीएसपी प्रशन्नराज चौधरीले बताए।
केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका दर्जीको स्याङ्जाको चापाकोट नगरपालिका ४ घर हो। जबर्जस्ती करणीको आरोपमा उनी कैद भुक्तान गरिरहेका थिए।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको विशेष अप्रेसन टोलीले विरूवा गाउँपालिका ६ धरादीबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला कारागार, स्याङ्जामा पठाइएको छ।
102
Shares

प्रतिक्रिया