ललतिपुरको नक्खु कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका दुई अभियुक्त पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार केशव दुलाल र सानु भण्डारीलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो।
जेनजी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्ता सहितको टोलीले नक्खु कारागारबाट पार्टी अध्यक्ष सहकारी ठगीका अभियुक्त रवि लामिछानेलाई निकाल्न आगजनी तथा तोडफोड गरेपछि अरु ७ सय बढी कैदीबन्दी पनि भागेका थिए।
चौतर्फी विरोधपछि लामिछाने कारागार फर्किए पनि अन्य कैदीबन्दी भने भागिरहेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र सरकारका पूर्वसचिव टेकनारायण पाण्डे सुन्धारा कारागारमा थिए।
उनीहरू पनि भदौ २४ गते राति भागेका थिए। रायमाझी सोमबार बेलुका जेल फर्किसकेका भए पनि पाण्डे अझै बाहिरै छन्। उनले यसअघि आफैँ फर्किन्छु भने पनि अहिले सम्पर्कमा नरहेको कारागार प्रशासनले जनाएको छ।
१४ हजार ५५५ जना कैदलीबन्दी फरार रहेकोमा अझै आधाजति बाहिरै छन्। अवस्था सामान्य बन्दा पनि नफर्किएपछि प्रहरीले खोजतलास गरेर पक्राउ गर्न थालेको छ।
Shares

प्रतिक्रिया