ad ad

समाज


विज्ञकाे चेतावनी: अमेरिकामा कोरोना महामारी अझ भयानक हुने देखिन्छ

विज्ञकाे चेतावनी: अमेरिकामा कोरोना महामारी अझ भयानक हुने देखिन्छ

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १:३७,

नोबेल कोरोना भाइरस (कोभिड-१९) महामारीबाट संसारमै सबैभन्दा पीडित अमेरिकामा यसको दोस्रो भाग झन् भयानक हुन सक्ने विज्ञले चेतावनी दिएका छन्।

अमेरिकाकै सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले  आफ्नो देशमा कोरोना संक्रमणको दोस्रो लहर अहिलेको भन्दा अझ भयानक र चुनौतीपूर्ण हुने सक्ने चेतावनी दिएको हो।

अमेरिकी पत्रिका द वासिङटन पोस्टले लेखेअनुसार सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले कोरोना भाइरस संक्रमणको दोस्रो लहर आउँदो फ्लु सिजन अर्थात् जाडो याममा थप जोखिमपूर्ण भएर आउन सक्ने अनुमान गरेका हुन्।

‘हाम्रो देश (अमेरिका) मा कोरोना भाइरसको संक्रमण आउँदो विन्टर (जाडो याम) मा अहिलेको भन्दा पनि चुनौतीपूर्ण हुने सम्भावना छ,’ उनले भनेका छन्।

तर यसबारे जानकारी गराउँदा गराउँदै पनि यसतर्फ कसैको ध्यान नगएको उनले गुनासो गरेका छन्।

सीडीसीका निर्देशक रेडफिल्डले भनेका छन्, ‘हामी फ्लु महामारीतर्फ गइरहेका छौं र कोरोना भाइरसको महामारी पनि यथावत् छ, यसको चुनौती अनुमान गरिएभन्दा अधिक हुनेछ।’ 

यो खबर लेख्दासम्म (नेपाली समय बुधबार बिहान ७ः३४ बजे) अमेरिकामा कोरोनाबाट ४५ हजार ३ सय १८ जनाको मृत्यु भइसकेको छ भने ८ लाख ८७ हजार ७ सय ४४ व्यक्ति संक्रमित भइसकेकाे विश्वका काेराेना अपडेट गर्ने वर्ल्डओमिटरले जनाएकाे छ। 

तर अमेरिकाले धमाधम आफ्ना धेरै राज्यमा लकडाउन खुकुलो पार्ने तथा हटाउन थालेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .