ad ad

छापा खबर


उदयपुर भुल्केका थप २५१ जनाको स्वाब सङ्कलन

उदयपुर भुल्केका थप २५१ जनाको स्वाब सङ्कलन

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १:२७,

उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिद आसपासका थप आठ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको नतिजा आएको छ।

मस्जिदमा बसेका १३ जनामा कोरोना सङ्क्रमण पाइएपछि उनीहरूसँग नियमित सम्पर्कमा रहेका मुस्लिम समुदायका ५३ घरका बासिन्दाको स्वाब सङ्कलन गरिएको छ।

यसै क्रममा नेपाली सेनाको चिकित्सक टोलीले सङ्क्रमितसँगको सम्पर्कमा रहेका २५१ जना स्थानीयवासीको कोरोना परीक्षणका लागि स्वाबको नमुना सङ्कलन गरेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

कोरोना भाइरस सङ्क्रमणको त्रासले स्थानीयवासी भयभीत भइरहेको अवस्थामा काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालबाट सेनानी डा. प्राची रायमाझीको नेतृत्वमा आएको चिकित्सकहरूको टोलीले दुई दिन लगाएर स्वाब सङ्कलन गरेको हो।

सङ्कलित नमुना पीसीआर परीक्षणका लागि सोमबार नै काठमाडौँ पठाइएको नेपाली सेनाको १८ नम्बर वाहिनीका वाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले जानकारी दिए।

स्थानीय प्रशासनद्वारा कडा सुरक्षा घेराभित्र सिलबन्दी गरिएको भुल्के गाउँका बासिन्दालाई खाद्यान्न, तरकारी, औषधि र दूध नगरपालिकाले उपलब्ध गराउने गरी प्रभावकारी रूपमा राहत वितरण गरिन थालिएको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .