समाज


भागेका ६ हजार ३२८ कैदीबन्दी फर्काइए, ८ हजार २२६ अझै फरार

भागेका ६ हजार ३२८ कैदीबन्दी फर्काइए, ८ हजार २२६ अझै फरार

नेपालखबर
असोज ४, २०८२ शनिबार २२:०, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म ६ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन्। 

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको बताए। उनका अनुसार कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन्। पछिल्लो एक दिनमा मात्रै १ सय ४९ जनालाई फर्काइएको छ। 

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार तथा नौ वटा बालसुधार गृहबाट गरी १४ हजार ५५५ कैदीहरु भागेका थिए। अझै ८ हजार २२६ जना सम्पर्कमा नआएकाले खोजीकार्य भइरहेको निर्देशक न्यौपानेले बताए।

उनका अनुसार कारागारबाट १३ हजार ५९१ र सुधारगृहबाट ९ सय ६४ जना भागेका थिए। सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका ५ हजार ९८७ तथा सुधारगृह तर्फका तीन सय ४१ जना रहेका छन्। 

आन्दोलनका क्रममा नेपाल प्रहरीले हिरासतमा रहेका करिब २ हजार आरोपीसमेत फरार रहेका जनाएको छ। उनीहरूको खोजी जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

देशभर ३० हजार छ सय ३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि हाल २१ हजार ९९९ जना मात्रै कैदी बन्दी रहेका छन्। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad