ad ad

समाज


ड्युटीमा बसेका ट्राफिक प्रहरीलाई पिपिइ सहयोग

ड्युटीमा बसेका ट्राफिक प्रहरीलाई पिपिइ सहयोग

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १:४६,

महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विभिन्न संस्थाबाट व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) सहयोग प्राप्त भएको छ।

रेमण्ड सप र प्रभु बैँकले सोमबार १०० थान पिपिइ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई हस्तान्तरण गरेका छन्।

कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रही सेवा र सुरक्षामा ट्राफिक प्रहरी सक्रिय रहँदै आएका छन्।

ड्युटीमा बसेका ट्राफिक प्रहरीलाई पिपिइ उपलब्ध गराएकोमा ढकालले धन्यवाद दिए। पिपिइ लगाई ड्युटी गर्दा ट्राफिक प्रहरी सङ्क्रमण हुनबाट सुरक्षित हुने विश्वास पनि व्यक्त गरे।

सपका अध्यक्ष सञ्जय अधिकारीले विपद्को समयमा आम नागरिकको सहयोगका लागि सदैव क्रियाशील रहने ट्राफिक प्रहरीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले आवश्यक सजगताका उपायहरू अपनाएको छ।

स्वास्थ्यकर्मीसहित प्रनाउको कमाण्डमा समन्वय डेस्क, २५ जनाको लागि क्वारेन्टाइन वार्ड, ड्युटीमा कम्तीमा नागरिकसँग दुई मिटरको दूरी कायम गर्ने व्यवस्था मिलाएको समेत उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .