ad ad

समाज


काठमाडौंमा बिहानैदेखि मेघगर्जनसहित वर्षा, अन्य स्थानको के छ अवस्था?

काठमाडौंमा बिहानैदेखि मेघगर्जनसहित वर्षा, अन्य स्थानको के छ अवस्था?

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १:४७,

आज (मंगलबार) बिहानैदेखि काठमाडौं उपत्यकामा मेघगर्जनसहित वर्षा भइरहेको छ। साथै मध्य क्षेत्रकै अन्य स्थान तथा पश्चिम र पूर्वका पनि केही ठाउँमा अहिले वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

काठमाडौं उपत्यकामा बिहान करिब ४ बजेदेखि नै हावाहुरी, मेघगर्जन/चट्याङसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले बताइन्।

‘अहिले काठमाडौं उपत्यकासहित मध्य क्षेत्रका सबै तथा पश्चिम र पूर्वका पनि केही स्थानमा मौसम बदली छ,’ मौसमविद् पोखरेलले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘सबै स्थानमा पानी नै परेको छ भन्न त सकिन्न, तर केही ठाउँमा काठमाडौंमा जस्तै पानी परिरहेको हुन सक्छ।’

काठमाडौं उपत्यकामा बिहान लिइएको मापनअनुसार ५.२ मिलिमिटर वर्षा भएको उनले जानकारी दिइन्। बिहान सवा ७ बजेतिर भनिन्, ‘यो वर्षा अझै २-३ घण्टा जारी रहने सम्भावना देखिएको छ।’

मौसमविद्का अनुसार आज दिनभरजसो नै मौसम खुल्ने सम्भावना कम छ। केही बेर वर्षा थामिए पनि पुनः साँझपख बदली हुने र पानी पर्ने सम्भावना छ।

अहिलेको यो मौसम बदली पश्चिमी र स्थानीय वायु साथै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाका कारण भइरहेको हो।

‘यो सिस्टम अहिले पश्चिमबाट पूर्वतर्फ सर्ने क्रममा छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘साँझपख मौसम बदलीको प्रभाव बढी पूर्वमा पर्ने देखिन्छ।’

अहिले प्रिमनसुनको सिजन भएकाले वर्षाका साथमा हावाहुरी, मेघगर्जन र चट्याङको पनि उत्तिकै सम्भावना रहेकाले सजगता अपनाउन आवश्यक रहेको उनले बताइन्।

मंगलबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छः देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गरहावाहुरीरअसिना सहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान

वैशाख ९गते (मंगलबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहि केहि स्थानहरुमा  मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशभर आंशिकदेखि सामान्य  बदली  रही थाेरै स्थानहरुमा  मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

वैशाख १०गते (बुधबार)

दिउँसोः  देशभर आंशिकदेखि सामान्य  बदली  रहने छ। अपरान्हपश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

वैशाख ११ गते (बिहीबार)

दिउँसोः  देशभर आंशिकदेखि सामान्य  बदली  रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पूर्वी भु-भागका थेरै  केहि स्थानहरुमा  मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशभर आंशिकदेखि सामान्य  बदली  रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा  मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .