ad ad

छापा खबर


गर्भवती र सुत्केरीले घरबाटै चिकित्सकको सेवा लिन सक्ने

गर्भवती र सुत्केरीले घरबाटै चिकित्सकको सेवा लिन सक्ने

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १:३६,

गोरखा घर भई काठमाडौँ बस्दै आएकी २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा लिएकी छन्।

थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) बाट सेवा लिइकी उनको यो दोस्रो गर्भ हो।

गर्भ अहिले छ महिना भइसकेको छ। कुनै समस्या नभएकाले फोनमा चिकित्सकले दिएको सल्लाहअनुसार नै उनले खाना खाने र व्यायाम गर्ने गरेकी खबर आजको गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेकी छन्।

यस्तै नुवाकोट घर भई काठमाडौँ बस्ने कला तामाङको पनि दोस्रो गर्भ पाँच महिनाको छ। तर, उनले समस्या भएमा कहाँ र कसरी सेवा लिनेबारे जानकारी राखेको पाइएन।

प्रसूति गृहले बन्दाबन्दीका कारण अस्पतालसम्म आउन नसक्नेलाई घरमै बसेर सेवा उपलब्ध गराउन थालेपछि थापाजस्ता धेरैले यसको फाइदा लिइरहेका छन्।

अस्पतालका निर्देशक डा. जगेश्वर गौतमका अनुसार कोरोना सङ्क्रमण नहोस् भन्ने उद्देश्यले अस्पतालको बहिरङ्ग सेवा बन्दाबन्दीको अवधिभर बन्द गरिएको छ।

यसबेला अस्पतालमा गर्भवती अवस्थाबारे जाँच गराइरहेका गर्भवतीका लागि टेलिफोन नम्बर ४२६०४०५ मा सम्पर्क गरी डाक्टरसँग सल्लाह लिन सक्ने व्यवस्था मिलाइएको गौतमले बताए।

अस्पतालका अनुसार बन्दाबन्दीका कारण टाढाबाट प्रसूतिका लागि आउन नसक्दा अस्पतालमा सुत्केरी हुने सङ्ख्यामा कमी आएको छ।

सेवा लिन जत्ति आउँछन्, सबैलाई अस्पतालका तर्फबाट उपलब्ध गराउने सुविधा सेवा प्रदान गरिएको उनले बताए।

दैनिक ७० देखि ८० जनासम्मले प्रसूति सेवा लिने यस अस्पतालमा कोभिड–१९ बाट उत्पन्न सङ्कटबाट नागरिकलाई बचाउन लागू गरिएको बन्दाबन्दीको अवस्थामा दैनिक सरदर ६० जनाले मात्र सेवा लिइरहेका छन्।

कति त सङ्क्रमण हुने त्रासले जान डराइरहेका छन् भने कतिले नजिकैका स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको सेवा लिने गरेका छन् । कतिपयलाई अस्पतालसम्म पुग्न सवारी साधनको पनि समस्या छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .