समाज


श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि राहत प्याकेज ल्याउन महासंघको माग

श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि राहत प्याकेज ल्याउन महासंघको माग

नेपालखबर
बैशाख ८, २०७७ सोमबार १०:५३,

नेपाल पत्रकार महासंघले कतिपय सञ्चार गृहहरुले संकटका अवस्थामा समेत श्रमजीवी पत्रकारहरुलाई पारिश्रमिक नदिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार महासंघ केन्द्रीय समितिका पदाधिकारी र प्रदेश समितिका पदाधिकारीहरुको डिजिटल कन्फरेन्स बैठक बसेको छ। बैठकमा कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणका बीच सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने काममा क्रियाशील पत्रकारहरुलाई कतिपय सञ्चारगृहले पारिश्रमिक उपलब्ध नगराएकोप्रति ध्यानाकर्षण भएको महासंघले विज्ञप्तिमार्फत जनाएको छ।

यस्तै, महासंघले विगत चार हप्तादेखि जारी लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समेत समस्यामा परेको हुँदा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरुका निमित्त तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग पनि गरेको छ।

समाचार संकलनका क्रममा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न महासंघ आमसञ्चारकर्मीहरूमा आग्रह गरेको छ। साथै, क्वारेन्टिन, आइसोलेसन वार्ड र संक्रमण परीक्षण स्थलको सम्वेदनशिलतालाई ख्याल गर्न र पर्याप्त पूर्वसतर्कता र सुरक्षाको सुनिश्चितता नभई नजान पनि महासंघले सचेत गराएको छ।

साथै, असंगठित मजदुर, श्रमिक, सीमान्तकृत समुदाय र बाटोमा हिँडेर गन्तव्यतर्फ गइरहेका नागरिकहरुको समस्या सम्वोधन गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad