सोमबारसम्म २४ लाख १५ हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। यस महामारीका कारण हालसम्म एक लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ।
गतवर्षको डिसेम्बर महिनाबाट कोरोना भाइरस देखिएको थियो। तर त्यसको प्रभाव अझै रोकिएको छैन।
कोरोना भाइरसको संक्रमण भएपछि कति दिनमा संक्रमित मानिस निको हुन्छन् भनेर हालसम्म चिकित्सक तथा विज्ञहरुले बताउन सकेका छैनन्।
यद्यपी उनीहरु मानिसमा रहेको रोग प्रतिरोधात्मक क्षमताको आधारमा कोरोना लागेका मानिसहरु ढिलो या चाँडो निको हुन्छन् भन्ने विषयमा सहमत छन्।
हाल कोरोनाको खोप र औषधि परीक्षणकालमा छन्। यसबीचमा विश्व स्वास्थ्य संगठन डब्लूएचओले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना खान सुझाव दिएका छन्।
शरीरलाई पर्याप्त उर्जा प्रदान गर्ने भिटामिन, मिनिरल्स, प्रोटिन, डाइटेरी युक्त खानेकुरा खानुपर्ने डब्लूएचओको भनाइ छ।
धेरै पानी पिउन, फ्याट, सुगर, नुन कम खान डब्लूएचओको सुझाव छ।
कोरोना प्रकोपका बेला कस्ता खाना स्वस्थ हुन्छन्? डब्लूएचओको सुझावहरु तल उल्लेख गरिएको छः

दैनिक ताजा खाना खानुहोस्
–ताजा फलफुल, तरकारी, माछा, मासु, अण्डा र दूध खानुहोस्।
–खाजामा काँचो खान सकिने तरकारी, ताजा फलफुल खानुहोस्, धेरै सुगर, फ्याट र नुन भएको खानेकुरा नखानुहोस्।
–जंकफुड र प्याकेटमा पाइने प्रशोधित खानेकुरा भन्दा घरमै बनाइएका खानेकुरामा जोड दिनुहोस्।
–तरकारीलाई धेरै नपकाउनुहोस्, यसरी त्यहाँ रहेको भिटामिन हाराउँछ।
पर्याप्त पानी पिउनुहोस्
–पानी मानव शरीरको लागि अत्यन्त महत्वपु्ूर्ण छ। पानी पर्याप्त पिउँदा यसले शरीरको तापक्रमलाई व्यवस्थापन गर्छ भने रगतमा यसले पोषक तत्व र यौगिकहरु प्रवाह गर्छ।
–८ देखि १० कप पानी पिएको राम्रो।
–तरकारी र फलफुल जसमा पानीमा मात्रा बढी छ त्यसको बढी प्रयोग गरौं। उदाहरणका लागि कागतीको सर्वत बनाएर पिउन सकिन्छ। धेरै गुलियो सुगरयुक्त फलफुलको प्रयोग कम गरौं।

तेल र बोसोयुक्त पदार्थ कम खानुहोस्
–धेरै बोसो भएको मासु, मक्खन, घ्यू, क्रिम, चिज, नरिवलको तेलभन्दा माछा, एभोकाडो, शूर्यमुखीको तेल, जैतुनको तेल तथा मकैको तेल प्रयोग गरौं।
–कम बोसो भएको मासु र माछाको उपयोग गरौं। सेतो मासुमा भन्दा रातो मासुमा धेरै फ्याट हुन्छ। धेरै फ्याटको उपयोग नगरौं।
–प्रशोधित मासुको प्रयोग नगरौं, पिज्जा, तारिएका खानेकुरा, कुकिज, फास्ट फुड नखाऔं।
सुगर र नुन कम खाऔं
–खाना पकाउँदा नुन र गलियोको मात्रा कम गरौं
–दैनिक खानामा नुनको मात्रा कम गरौं। दिनमा पाँच ग्राम ‘एक चम्चा मात्र नुन खाऔं’
–सोडा युक्त पेय पदार्थ सेवनमा कम गर्ने, धेरै सुगर भएको पेय पदार्थ, गुलियो फलफुलको जुस पनि नखाने
–केक, चकलेट, कुकिज भन्दा ताजा फलफुल धेरै उत्तम हुन्छ।

बाहिर खाना नखाने
घरमै बनाएर खानेकुरा खाँदा हामी अन्य व्यक्तिको सम्पर्कमा आउँदैनौं जसका कारण कोरोना भाइरस सर्ने सम्भावना अत्यन्त न्यून हुन्छ।
बाहिर गएर खानेकुरा खाँदा व्यक्ति व्यक्तिबीचको दुरीको नियम नचाहँदै पनि उल्लंघन हुनसक्छ।
मानिसहरुमा कफ, रुघाखोकीको समस्या हुन्छ। कोरोना प्रकोपका बेला घरमै बसे त्यस्ता मानिसहरुबाट आफूमा रोग सर्दैन।
हालसम्म कोरोना भाइरसको औषधि र खोप परीक्षणकालमै छन्। यसबीचमा डब्लूएचओले दोहोर्याउँदै हात धुन, सरसफाइमा ध्यान दिन, व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्न, रुखा खोकी र कफ भएका मानिससँग सम्पर्कमा नआउन, स्यानिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ।

प्रतिक्रिया