राजनीतिक दलको केन्द्रीय कमिटि वा संसदीय दलको ४० प्रतिशतले पार्टी फुटाउन पाउने गरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि पूर्वमाओवादी पक्षका केही मन्त्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन्।
सोमबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले पार्टी बिभाजनको लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत मत भए पुग्ने गरी विद्यमान व्यवस्थामा परिवर्तन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।
मन्त्रीपरिषद्को निर्णय लगत्तै ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री वीना मगर लगायत उर्जामन्त्रालयमा भेला भएर छलफल गरेका थिए।
त्यसपछि उर्जामन्त्री पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका केही मन्त्रीहरू प्रचण्ड निवास खुमलटार पुगेका हुन्।
सो बैठकमा गृहमन्त्री रामबहादुर थापा भने सहभागी थिएनन्। गृहमन्त्रीका सल्लाहकार सुर्य सुवेदीले मन्त्री थापा मन्त्रालयमै रहेको जानकारी दिए।

प्रतिक्रिया