समाज


राष्ट्रहितका लागि क्रियाशील हुन प्रहरीको अनुरोध

राष्ट्रहितका लागि क्रियाशील हुन प्रहरीको अनुरोध

नेपालखबर
भदौ २५, २०८२ बुधबार ७:३३, काठमाडौँ

नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको भन्दै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ।

मङ्गलबार राति  प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत सोमबार जेन–जीको आह्वानमा आयोजित शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा भएका दुःखद् घटनाबाट प्रहरी सङ्गठन मर्माहत भएको जनाएको छ।   

‘यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदी बहिनी नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनीकरणका लागि जम्मेवारी बोधका साथ मुलुकप्रति समर्पित हुन आवश्यक भएको छ,’  प्रहरीको विज्ञप्तिमा भनिएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा प्रदर्शनका क्रममा भएको जनधनको क्षति अपूणीय एवं दुःखद भएको उल्लेख छ। 

‘त्यसबाट उत्पन्न परिणामस्वरुप परिस्थितिलाई बिग्रन नदिन, नागरिक र प्रहरीका साझेदारीपूर्ण, शान्तिपूर्ण, सहकार्यका माध्यमले आन्दोलनका क्रममा भएका घाइतेहरुको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनःस्थापनार्थ निर्वाह गर्नुपर्ने दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनका माध्यमले कानूनी शासन स्थापित गर्ने कार्यमा सबैको साथ सहयोगका निम्ति अनुरोध छ,’  विज्ञप्तिमा भनिएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad