राजनीति


धैर्य गरौँ, हामी फेरि उठ्ने छौँ: शंकर पोखरेल

धैर्य गरौँ, हामी फेरि उठ्ने छौँ: शंकर पोखरेल

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०८२ बुधबार ७:५१, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको परिस्थितिमा धैर्य गर्न र संयमित बन्न अनुरोध गरेका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत् उनले कवि नेत्रलाल अभागीको कविता शेयर गर्दै अहिलेको विषम परिस्थितिमा धैर्य गर्न र संयमित बन्न आह्वान गरेका हुन्।

‘आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ

एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
- नेत्रलाल अभागी

धैर्य गरौँ, 
संयमित बनौँ,
हामी फेरी उठ्ने छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad