समाज


१७ जनाको शरीरमा १ लिटर स्यानिटाइजर

१७ जनाको शरीरमा १ लिटर स्यानिटाइजर

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ९:३१,

पोखरा महानगरपालिका र नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्वचालित स्यानिटाइजर टनेल महानगरको कार्यालय परिसरमा राखिएको छ।

कोरोना भाइरस कोभिड–१९ ले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई स्यानिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित स्यानिटाइजर टनेल पोखरा महानगरपालिकामा राखिएको हो।

टनेलको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन्।

करिब ५ सेकेन्डमा यो स्वचालित स्यानिटाइजर टनेलले होलबडीलाई स्यानिटाइज गरिसक्ने नेपाल इन्जिनिरिङ एसोसिएसन गण्डकीका अध्यक्ष आर्किटेक इन्जिनियर बाबुराम भण्डारीले जानकारी दिए। कोरोना भाइरसबाट सुरक्षित रहनका लागि गण्डकी प्रदेश तथा पोखराका नाकाहरुमा यस्तो सेनिटाइजर टनेल राख्नुपर्ने बताए।

उनका अनुसार यो स्यानिटाइजर टनेल बनाउँदा १ लाख ५० हजारको सामग्री लागेको र एनइएका इन्जिनियरले प्राविधिक शिक्षाको उपयोग गरी पोखरा महानगरको यान्त्रिक कार्याशालामा यो टनेल निर्माण गरेको बताएका छन्।

नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकीका उपाध्यक्ष धु्रव भट्टराई स्यानिटाइजर टनेलको माग आएको खण्डमा प्राविधिक सहयोग निशुल्क गर्न एनइए तयार रहेको बताए।

प्रगतिशील इन्जिनियरिङ एसोसिएसन नेपालले समेत एक थान सेनिटाइजर टनेल निर्माण गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई उपलब्ध गराउन तयारी समेत गरेको भट्टराईले जानकारी दिए। उनका अनुसार एक लिटर स्यानिटाइजरले १७ जनाको शरीरलाइ स्यानिटाइज गर्नेछ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कोरोना भाइसरबाट बच्ने पहिलो विकल्प लकडाउन भएको बताउँदै उनले सधैँ लकडाउन सम्भव नहुने भएकाले विज्ञानले विकास गरेको प्रविधिलाई प्रयोग गरेर कोरोनालाई नियन्त्रण गर्नुपर्ने बताए।

उनले सर्वसाधरणको भीडभाड हुने स्थान अस्पताल, सरकारी कार्यालयहरु, डिपार्टमेन्टल स्टोर्स लगायतमा यस्तो स्वचालित सेनिटाइजर टनेल राख्नुपर्ने बताए।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले इन्जिनियरहरुले बनाएको यो सेनिटाइजर टनेललाई पोखराको ब्रान्ड बनाउनुपर्ने बताए।

स्यानिटाइजर टनेलले कोरोना संक्रमणलाई रोकथाम गर्न सहयोग पुर्‍याउने बताउँदै जिसीले टनेल निर्माण गर्ने नेपाल इन्जिनियर एसोसिएसन गण्डकीका इन्जिनियरहरुलाई धन्यवाद दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad