समाज


उदयपुरको मस्जिद क्षेत्रका स्थानीयको स्वाब संकलन गर्न टोली पुग्यो

उदयपुरको मस्जिद क्षेत्रका स्थानीयको स्वाब संकलन गर्न टोली पुग्यो

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ९:२५,

उदयपुरका दुवै मस्जिद आसपासका स्थानीयको कोरोना परीक्षण गरिने भएको छ। १३ जना संक्रमित पुगेका भुल्के र सिवाईका मस्जिद आसपास रहेका र संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर पठाउने तयारी भइरहेको उदयपुरका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताए।

थप व्यक्तिको स्वाब संकलनका लागि आइतबार काठमाडौंबाट हेलिकोप्टरमा स्वास्थ्यकर्मी सहितको टोली पुगेको छ। शनिबार प्रदेश १ सरकारले ६९ जना स्थानीयको स्वाव संकलन गरेर विराटनगर लगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाका अनुसार आइतबार पुगेकाे टाेलीले २ सय ५० जनाकाे स्वाब संकलन गर्ने लक्ष्य लिएकाे छ।

उदयपुर प्रहरीले भुल्केको मस्जिद क्षेत्र शुक्रबार साँझबाट शील गरेको थियो। अहिले पनि त्यस क्षेत्रमा आउजाउ पूर्ण रुपमा बन्द गरिएको छ।

फागुन २५ गते उदयपुर प्रवेश गरेका १२ जना भारतीय र ४ जना नेपालीले भेटेका व्यक्तिको पहिचान गरेको एसपी मगरले बताए।

Udaypur swab army1

संक्रमित समूहका १६ जना पुगेका पसल, होटलदेखि त्यस क्षेत्रका स्थानीयको समेत स्वाव संकलनका लागि प्रहरीले तयारी गरेको छ। भुल्केमा स्वाब संकलन गरिसकेपछि टोली सिवाईमा जाने छ। संक्रमितहरु त्यसअघि त्यहाँको मस्जिदमा पुगेका थिए।

भुल्केको मस्जिदमा रहेका मध्ये १२ जनाको शुक्रबार र एक जनाको शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण देखिएपछि १६ जनालाई भने शुक्रबार साँझ नै विराटनगर लगिएको छ।
संक्रमित १३ जनालाई कोरोना विशेष अस्पताल र तीन जनालाई टाँडीमा रहेको क्वारेन्टिनमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad