समाज


भारतबाट आएका कैलालीका २१ वर्षीय संक्रमित युवाको रिपोर्ट नेगेटिभ, आजै डिस्चार्ज हुने

भारतबाट आएका कैलालीका २१ वर्षीय संक्रमित युवाको रिपोर्ट नेगेटिभ, आजै डिस्चार्ज हुने

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ९:५८,

कैलालीका कोरोना संक्रमितमध्ये एक युवा आइतबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।

भारतबाट आएका ती संक्रमित सेती प्रादेशिक अस्पतालमा उपचाररत थिए।

सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदीश जोशीले दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय ती युवालाई डिस्चार्जको तयारी गरिएको बताए।

‘उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएको छ। डिस्चार्जको प्रक्रिया सुरु हुँदैछ’, डा. जोशीले नेपालखबरसँग भने।

 गत चैत २२ गते कोरोना पुष्टि भएका उनी १६ दिन अस्पतालको बसाइपछि डिस्चार्ज हुन लागेका हुन्। शनिबार उनको तेस्रो नमूना संकलन गरिएको थियो। त्यसको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो।

ती युवाबाहेक सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा अन्य चार जना संक्रमित उपचार गराइरहेका छन्।

उपचार गराइरहेकाहरुमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवक, सोही वडाकी ३४ वर्षीय महिला, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका १ की ६५ वर्षीया महिला रहेका छन्। 

काेराेना संक्रमण भएर निकाे हुने उनी नेपालकाे चाैथाे व्यक्ति हुन्। चीनबाट फर्केपछि संक्रमित भेटिएका नेपालकै पहिलाे संक्रमित युवा केहि हप्तामैं निकाे भएका थिए। टेकु अस्पतालमा उपचाररत् १९-वर्षे युवती र धाैलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार गराएकी ६५-वर्षीय महिला निकाे भएर शनिबार अस्पतालबाट घर फर्केका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad