समाज


ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ६:४१,

ड्युटीमा खटिएका एक प्रहरी हवल्दारको आइतबार मृत्यु भएको छ।

अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज शिवप्रसाद भट्टराईको बिहान करिब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिए।

लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएको थियो। अत्याधिक पेट दुखेपछि बेहोस भएका उनको बेहोस अवस्थामै मृत्यु भएको हो।

भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा दुई छोरा र एक छोरी छन्। अहिले उनको शव घर पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad