दुई महिना अगाडि चार सयजना डुंगा चढेर मलेसिया जान खोजेका थिए। बिच बाटोमै ३२ जनाको भोक र रोगकका कारण मृत्यु भएको थियो।
बंगलादेशका तटरक्षकका अनुसार धेरैको लाश समुन्द्रमा बगेको देखिएको थियो। अन्य बाँकी रहेका मानिसहरुलाई बंगलादेशका अधिकारीहरुले समुन्द्रको किनारबाट उद्धार गरेको सीएनएनले जनाएको छ।
मलेसिया प्रवेश गर्न खोज्दा रोहिंग्या शरणार्थीलाई मलेसियाका तटरक्षकले प्रवेश गर्न नदिएपछि उनीहरु स्वदेश म्यानमार फर्किएका थिए। तर त्यहाँ पनि म्यानमारका नौसेनाले उनीहरुलाई प्रवेशमा रोक लगायो।
त्यसपछि उनीहरु बंगालादेशकै समुन्द्र वरपर घुमिरहेका थिए। गत हप्ताको बुधबार ५८ दिनपछि बंगालदेशका अधिकारीहरुले रोहिंग्यालाई उद्धार गरेका हुन्।
उनीहरुलाई संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीमा जिम्मा लगाइएको छ। कोरोना भाइरसको त्रासबीच हाल उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ।
मलेसिया र म्यानमारका अधिकारीहरुले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन्। म्यानमारका अल्पसंख्यक रोहिंग्या त्यहाँको बुद्धिष्ट समुदाय र प्रहरीबाटै प्रताडित बनेपछि उनीहरु बंगलादेश लगायतका मुलुकमा शरणार्थीको रुपमा पुगेका छन्।
सामान्य माछा मार्ने डुंगामा चढेर उनीहरु ठूलो समुन्द्र तर्न खोज्छन्। सो क्रममा डुंगा दुर्घटना भएर धेरैले ज्यान गुमाइसकेका छन्। एजेन्सी

प्रतिक्रिया